Home» Around the World »Weird and Interesting

क्रूद्ध पसलेको अनौठो विरोध



अहिले हाम्रो देशको राजधानीमा पुस्तक प्रदर्शनी चलिरहेको छ र आफ्ना किताप बेच्दै प्रख्यात लेखक रस्किन बण्ड किताब पढ्नुका फाइदा बताइरहेका छन् । तर यतिबेलै अमेरिकाको केन्सस राज्यका टम वेन चाहिँ किताप पढ्ने मान्छेहरु आफ्नो वरपर घट्दै गइरहेकोमा क्षुब्ध छन् । कतिसम्म भने आफूसँग जम्मा भएका हजारौँ किताप सडकबीच ध्यार्रध्यारी च्यात्तै जलाइरहेका छन् । यी किताप उनले १० वर्षको बेचाईको क्रममा जम्मा पारेका हुन् ।

एपी समाचार संस्थाका अनुसार उनले आफूसँग जम्मा भएका कितापहरु टम क्लेन्सीको द हन्ट फर रेड अक्टोबर, टम वेल्फेको बोनफायर अफ द भेनिटीजस्ता 'बेस्ट सेलर्स'देखि चर्चामा नआएका कितापहरु पनि थिए । ब्यूनर्स आयर्समा सन् १९१० मा चौथो पान-अमेरिकन कन्फेरेन्समा भएका बैठकका बुँदा-कितापसम्म उनको पसलमा जम्मा थिए । १० वर्ष पसल चलाउने क्रममा उनीसँग यति धेरै पुस्तकहरु जम्मा भए कि ती पुस्तक उनका लागि निल्नु न ओकल्नु भए । सानो ठाउँ, धेरै पुस्तक- अब के गर्ने त ? यस्तो अवस्थामा ती पुस्तकलाई जलाउनुबाहेक उनले अर्को विकल्प देखेनन् ।

तपाइँले भन्नसक्नु हुन्छ, ती पुस्तक त सार्वजनिक पुस्तकालयलाई जिम्मा लगाइदिएको भए पनि हुन्थ्यो, तर के गर्नु जब ती पुस्तकालयहरु नै पुस्तक थप्न राजी छैनन् भने ! "मैले हाम्रो शहरका केही पुस्तकालयलाई मसँग बढी भएको पुस्तकहरु राख्नुस् भनेर प्रस्ताव लिएर गएँ, तर तिनीहरुले आफूसँग प्रशस्त ठाउँ छैन भनी उल्टै मलाई जिल्याइदिए", टम वेनले भने ।

त्यसपछि उनले आइतबार आफूसँग भएका ठूलो संग्रहलाई सडकबीचमा ध्यार्रध्यारी च्यात्तै जलाउन थाले । "यो हाम्रो समाजको ज्यादै दुःखलाग्दो अवस्था हो कि कोही पनि छापिएका शब्दहरु पढ्न तयार छैनन् । यो सभ्यताको सबैभन्दा लाजमर्दो अवस्था हो, मान्छेहरु किताब पढ्न छाडिरहेका छन्", टम वेनले आफ्नो तिक्तता पोखे- "यो अमेरिकी सभ्यताको अन्त्येष्टी हो ।"

टमले ५० मिनेटसम्म लगातार पुस्तक जलाएपछि केन्सास शहरको दमकल आएर आगो निभाउन शुरु गर्‍यो । अधिकारीहरुका अनुसार उनले किताप जलाउन अग्निशमन विभागबाट कुनै किसिमको स्वीकृति लिएका थिएनन् । अग्निशमन विभागले उनलाई किताप जलाउन नदिएपछि आउँदो साता स्वीकृति लिएर आफ्ना २० हजार पुस्तकहरु जलाउने पत्रकारहरुलाई जनाएका छन् ।

किताप पढ्न आनन्द मान्नेहरुको संख्या अहिले आएर ५७ प्रतिशतमा घटिसकेको एक अध्ययनले देखाएको छ । केन्सास राज्यमा पुस्तक पसलको संख्या अघिल्ला वर्षहरुभन्दा उल्लेख्य रुपमा घटिसकेका छन् ।

"किताप नपढी थन्क्याउनु भन्दा त यसलाई जलाइदिनै उत्तम हुन्छ", टमको भनाइ थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! उदेकलाग्दो हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी जनावर फट्याइँ सेलेब्रिटी नग्नता
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: