Home» Music »Feature

गोल्डमेडलमा ह्याटि्रक



शास्त्रीय सङ्गीतको गायनतर्फ कलानिधि-इन्दिरा सङ्गीत महाविद्यालय ललितपुरबाट भारतको इलाहावाद सङ्गीत महाविद्यालयमा परीक्षा दिने करिब ७ सय विद्यार्थीहरुमध्ये चितवनका अर्जुन पोखरेल सर्वोत्कृष्ट भएर स्वर्ण पदक जितेका छन् । उनलाई हालै एक कार्यक्रमको अवसरमा उक्त स्वर्ण पदक प्रदान गरिएको हो । रोचक त के छ भने गएका दुइ वर्ष पनि उनले लगातार स्वर्ण पदक हात पारेका थिए । महाविद्यालयको इतिहासमा अहिलेसम्म लगातार स्वर्ण पदक हात पारेको उनी नै प्रथम व्यक्ति भएको उनका अग्रजहरुले दाबी गरे पनि महाविद्यालयले यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

उनले सङ्गीततर्फ गायनमा तेस्रो वर्ष चौथो वर्ष तथा पाँचौँ वर्षलगातार स्वर्ण पदक हात पारेका हुन् । "यो पदकले मलाई ऊर्जा थपेको छ", छातिमा टाँगिएको स्वर्ण पदकतिर नजर दौडाउँदै अर्जुनले भने- "अब अर्को वर्षमेरो बि.म्यूज.को अन्तिम वर्ष हो, त्यसमा पनि यो अवार्ड जित्ने अभिलाषा छ ।"

त्यसो त उनका पिता बाबुराम पनि भजनका धुरन्धर गायक हुन् । स्थानीय भजन टोलीका अध्यक्षसमेत रहेका उनका बाबाको प्रेरणाबाट नै उनी सङ्गीतमा तानिएका हुन् । त्यसैले एसएलसी सकिनेबित्तिकै उनी राजधानीस्थित अनुराग सङ्गीत विद्यालयमा आफ्नो गायन निखार्न लागिपरेका थिए । उनको लगन र प्रतिभाबाट प्रभावित अनुरागका सञ्चालक श्यामसुन्दर र राम सिटौलाले केही समयपछि उनैलाई सङ्गीत शिक्षकका रुपमा नियुक्त गरेका थिए ।

२०३८ असोज १५ चितवनको माधवपुर-९ मा एउटा किसान परिवारमा जन्मिएका उनले स्कूलताका नै अमरज्योति क्लब मार्फत् विभिन्न साङ्गीतिक तथा नाट्य क्रियाकलाप सञ्चालन गर्ने गर्थे । रत्नराज्य क्याम्पसमा २०५६ सालमा अनेराश्ववियू (क्रान्तिकारी) द्वारा आयोजित स्वागत कार्यक्रममा गाएबापत् तीन सय पारिश्रमिक पाएको क्षण अर्जुनका लागि सबैभन्दा महत्वपूर्ण क्षण बन्न पुगेको छ ।

अहिले करिब तीन दर्जन गीतमा सङ्गीत संयोजन (म्युजिक एरेन्ज) गरिसकेका उनका तीन वटा लोकगीति एल्बम बजारमा आइसकेका छन् । उनले सानो पर्दाको सजाय तथा टेलिचलचित्र कर्मरेखामा सङ्गीत दिइसकेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
गायक सङ्गीतकार रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान तातोपीरो गायिका प्रेम र विवाह रुचि कन्सर्ट नेपाली तारा उपलब्धि हल्ला भिडन्त गीतकार पेज थ्री ट्रयाक बाहिर समुद्रपार विचार
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,