Home» Around the World »Weird and Interesting

रेडियोमा ब्रा कन्टेस्ट गराउनेलाई जरिवाना


रेडियोमा आएका महिला अतिथिहरुलाई ब्रा खोल्ने प्रतिस्पर्धा गराएर त्यो दृश्यलाई भिडियोबाट इन्टरनेटमा प्रसारण गरेको घटना रेडियोमार्फत् प्रत्यक्ष प्रसारण गर्ने सरकारी रेडियोलाई जरिवाना तिराइएको छ ।

मेडिया कर्प रेडियोलाई ९ हजार ८ सय डलर जरिवाना तिराइने भएको हो, जसले प्रसारणसम्बन्धी नियम उल्लङ्घन गरेको थियो । यो घटना गएको मार्च महिनामा घटेको भए पनि अहिले त्यो मुद्दामा निर्णय गरिएको हो । एउटा वार्तामा आधारित कार्यक्रममा आएका अतिथिहरुलाई जस्तोसुकै काम गर्ने चुनौति दिइन्छ । यसैअर्न्तर्गत कार्यक्रमका सञ्चालकले आएका महिला अतिथिलाई सबैभन्दा छोटो समयमा आफूले लगाएको ब्रा उतार्ने चुनौति दिइएको थियो । सहभागीहरुले पनि बिनाकुनै तनाव आफूले लगाएको ब्रा खोलेका थिए । यो पूरै अवधिको घटना मोबाइलमा खिचेर इन्टरनेटमा प्रसारण गरिएको थियो- सञ्चार विकास प्राधिकरणले आफ्नो अध्ययनमा लेखेको छ ।

सिंगापुर कडा सञ्चार नियम र राजनीतिक भाषणका लागि संसारभर प्रख्यात छ । हालैका केही समययता यहाँ प्रदर्शन हुने तर्खरमा रहेका थुप्रै विदेशी फिल्म र नाटकहरुमाथि प्रतिबन्ध लगाइसकिएको छ ।

प्राधिकरणले गरेको अध्ययनले भनेको छ- कार्यक्रम सञ्चालकले यौनप्रधान कुराहरु पनि गरे । कतिसम्म भने कसले कति चाँडो ब्रा खोलिन्, ब्राको रंग, त्यसको डिजाइन, ब्राको थुनेसोको प्रकार र प्रतियोगितामा भाग लिने महिलाहरुको छातिको आकार, प्रकार कस्तो छ । यस्तो किसिमको प्रसारणले श्रोताहरुमा नराम्रो प्रभाव पार्छ ।

सरकारले समेत यसमाथि चासो राखेको छ, भनेको छ- "यस्ता खराब प्रतियोगिताले भर्खरै युवा भएकाहरुमाझ नराम्रो प्रभाव पार्छ । कलाकारहरु तथा डीजेहरुको प्रभाव युवापुस्तामा ज्यादै गहिरो गरी बस्ने हुनाले तिनले आफूलाई समाजोपयोगी व्यवहार र काम गर्न जरुरी छ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country