Home» Music »Feature

सैनिकमाथि सत्य-स्वरुपको प्रहार

सोभित बस्नेतद्वारा निर्देशन गरिने नयाँ चलचित्र सैनिकको मंगलबार एक सानो समारोहका बीच सङ्गीत रेकर्डिङको शुरुवात गरेका छन् । पत्रकार र कलाकारको भीडबीच हर्षित मुद्रामा आचार्य दाजुभाइ सत्य-स्वरुपले भने- "हामी नयाँ पुस्तामा सङ्गीत दिलाउने जिम्मेवारी सुम्पिइएको छ, यसलाई चुनौतिको रुपमा स्वीकार गर्न पाउँदा खुशी लागेको छ ।"

चलचित्र निर्देशक शोभित पनि सत्य-स्वरुपको पहिलो कामबाट नै निकै प्रभावित भएका छन् । "मेरो चलचित्र 'फिल' र 'मूड' अनुसारको सङ्गीत पाएको छु, ज्यादै खुशी लागेको छ । म लेखेर दिन्छु, यिनीहरुको प्रगति यही रुपमा हुने हो भने धेरै फिल्म सङ्गीतकार बेरोजगार हुनसक्छन्", स्टुडियोमा बजिरहेको गीतमा मज्जाले हल्लिरहेका निर्देशक शोभितले इनशाडटकमलाई बताए ।

सेनाको देशभक्ति, तिनका परिवारको स्थिति र तिनको सुखदुःखलाई नै मूलकथाका रुपमा उभ्याइएको यस चलचित्रमा ४ गीत रहने छन् । यसमा सङ्गीतकारद्वय सत्य-स्वरुपसहित भविन ढुंगाना, अञ्जु पन्त, हीरा रसाइली, श्रेया सोताङले पनि स्वर दिने छन् ।

चलचित्रमा दोस्रो पटक सङ्गीत दिएका सत्य-स्वरुपलाई सिनेमामा सङ्गीत दिनु कस्तो अनुभव रहृयो त ? भन्छन् दुवै- "फिल्ममा म्युजिक दिँदा स्टोरीसँग मेल खाने हुनु पर्‍यो । निर्माता र निर्देशकका कुरा पनि सुन्नुपर्ने रहेछ । एल्बममा चाहिँ त्यस्तो हुँदैन । त्यसैले एउटा नयाँ र फरक काम गरिरहेको अनुभव भइरहेको छ ।"

यी आचार्य दाजुभाइले यसअघि क्वेष्ट इन्टरटेन्मेन्टले निर्माण गर्ने 'क्रस रोड'मा चाहिँ अलि फरक सङ्गीत दिएका छन् । पप शैलीका गीतको प्राधान्य रहेको क्रस रोडभन्दा यसमा चाहिँ अहिले बजारमा चलिरहेका गीतकै धारमा रहने उनीहरुले बताएका छन् ।

सैनिकलाई योगेन्द्र श्रेष्ठले निर्माण गरिरहेका छन् । उनले यसअघि 'खेलाडी' नामक चलचित्र निर्माण गरेका थिए । खेलाडी भिडियोमा बनाइएको भए पनि हिट चलचित्र साबित भएको थियो । ६६ लाख लगानी हुने यो चलचित्र सिनेमास्कोपमा बन्ने बताइएको छ । निर्माता श्रेष्ठले यसलाई अंग्रेजीमा समेत डब गर्ने सोचाईमा छन्, ताकि अन्तर्राष्ट्रिय रुपमा यसलाई बजारीकरण गर्न सकियोस् ।

म्युजिक इर्न्र्सटका लागि तयार भए पनि कार्यक्रम ढिला हुँदा सुस्ताएका तबलावादक प्रमोद उपाध्याय


स्टुडियो पर्पलका सञ्चालकद्वय सङ्गीत संयोजक फणिन्द्र राई र सङ्गीत मुद्रक दिपेश प्रधान


सैनिकको गीत इर्न्र्सट गर्न पूजा गरिँदै र पूजाको प्रसाद ग्रहण गर्दै निर्माता योगेन्द्र श्रेष्ठ


ढोलकको स्वाद चखाउन बसेका ढोलकी कुमार महाराज


अर्का प्रख्यात वादक राजु अग्रवाल


गीत सुनेर मख्ख पर्दै नायिका जेनी कुँवर


गीत रेकर्डिङको शुभारम्भको साइतमा नरिवल फुटाउँदै पत्रकार तुलसी गिरी भावुक

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
समारोह सङ्गीतकार रिलिज लुकेका कुरा क्या बात ! प्रेम र विवाह कीर्तिमान गायिका तातोपीरो रुचि कन्सर्ट नेपाली तारा उपलब्धि गायक हल्ला गीतकार विचार भिडन्त पेज थ्री बजारमा
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology,