Home» Around the World »Weird and Interesting

पानीमा धुँवा बजाउँदै विश्व किर्तिमान

१६८० भन्दा बढी गीतारवादकहरु एउटा ठूलो चौरमा भेला भएर "स्मोक अन वाटर" बजाएर नयाँ विश्व रेकर्ड बनाएका छन् । डीप पर्पलको यो "स्मोक अन वाटर" गीत भेला भएका गीतारवादकहरुमध्ये कतिका लागि नयाँ भए पनि स्वरमा स्वर मिलाएर बजाउन चुकेका थिएनन् ।
 
केन्सास शहरमा आयोजित यस कार्यक्रममा किर्तिमान बनाउनका लागि क्यालिफोर्नियाजस्तो टाढाको राज्यबाट समेत गीतारवादकहरु त्यहाँ भेला भएका थिए भने जर्मनीबाट समेत मान्छेहरु यहाँ भित्रिएका थिए । एपी समाचार संस्थाका अनुसार केन्सास शहरको रेडियो स्टेशनको सहयोगमा यसअघि बनेको किर्तिमान भङ्ग गर्न यो कार्यक्रमको आयोजना गरिएको थियो । यसअघि ब्रिटिस कोलम्बियाको भ्यानकोभरमा सन् १९९४ मा १,३२३ जना व्यक्तिहरुले एक साथ एउटा गीत प्रस्तुत गरेर विश्व किर्तिमान कायम गरेका थिए ।
 
"वास्तवमा यो भीडमा ओठ निचोर्दा दूध झर्ने बालकदेखि लिएर दाँत फुक्लिएका हजुरबासम्म अनि वर्षौँ सङ्गीतमा सङ्गत गर्नेदेखि कहिल्यै गीतार नछोएका व्यक्तिहरु पनि यो गीत बजाउन तम्सिएको दृश्य साँच्चिकै मनमोहक थियो", विनफिल्डमा बसोबास गर्ने केन्सास युनिभर्सिटीका अटुम म्याकर्फसनले भने- "मलाई के लाग्छ भने मजस्ता भर्खर गीतार बजाउन सिकेकाहरुको पनि बाक्लै उपस्थिति भएको हुनर्ुपर्छ ।"
 
शुरुवाती क्षणहरुमा १६८३ जना व्यक्तिहरु उपस्थित रहेको अनुमान रहेको यस कर्ीर्तिमानी कार्यक्रममा ७० को दशकको ज्यादै लोकप्रिय गीतलाई गएको आइतबार कम्युनिटी अमेरिका बलपार्कमा आयोजन गरिएको थियो ।
 
"शुरुमा त मैले यो कार्यक्रमलाई उति महत्व दिएकै थिइनँ", अचम्मको ड्रेस लगाएर आएका प्रेरी गाउँका हनाह कोचले भने- "तर जब कार्यक्रम स्थलमा घुसेँ, मेरो रौँ-रौँ उत्साहले भरियो ।"
 
टना गुथ्रिएले केवाईवाईएस ९९.७ एफएम रेडियोको लागि यो कार्यक्रमका बारेमा सोचेकी थिइन् । उनले यो घटनाका तश्वीर, सहभागीहरुको हस्ताक्षर, भिडियो आदि सबै गिनिज बुक अफ वर्ल्ड रर्ेकर्ड्स्का पठाउने भएकी छिन् ।
 
गुथ्रिएले किन त स्मोक अन द वाटर गीत नै यो कार्यक्रममा बजाउन चाहिन् त - "किनभने डीप पर्पल ब्याण्डको मेसिन हेड एल्बमको यो गीत सिकारु गीतारवादकहरुले सिक्ने पहिलो गीत हुने गरेको छ । त्यसैले मैले यही छानेँ", उनले बताइन् ।
 
क्यालिफोर्नियाबाट आएका जोन कार्र्डोनाले एउटा गतिलो कलम र गीतारसमेत बोकेर आएका छन् । ४१ वषर्ीय जोनले भने- "यो गीतार ऐतिहासिक छ । यसैमा मैले गीतार बजाउन सिकेको थिएँ । मैले कलम बोकेको छु, ताकि भएजति सबैको हस्ताक्षर लिन सकूँ !"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: