Home» City Life »Updates

७ अक्षरको डर

चन्द्र ग्रहण, सुर्य ग्रहण, कुनै पुच्छ्रे ताराको निगर्मन- केही हुन लाग्यो कि त दक्षिण एसियामा हलचल मच्चिहाल्छ । अहिले शायद तपाइँले तपाइँको इ-चिठ्ठीको बाकसमा एउटा सूचना पाइसक्नु भयो होला, मैले पनि पाएँ । जसमा कुनै गोरख बाबाको हवाला दिँदै भनिएको छ- प्रलयको दिन चाँडै आउँदैछ । केही विशेष हुँदैछ । चारैतिर हाहाकार मच्चिनेछ ।

मैले पाएको इ-पत्रमा लेखिएको छ- यो जुलाई २००७ को ७ तारिखसँग सात वटा ७ जोडिएर आएको छ । शनिबारको दिन ७ बजे र ७ मिनेट अनि ७ सेकेण्डका बारेमा गोरख बाबाले भनेका छन्- "यसले सातौँ ग्रह -शनि) लाई सक्रिय गराउने छ र यसले संसारमा प्रलय मच्चाउने छ ।" यस्तो भविष्यवाणी गरेका गोरख बाबाले एउटा सुझाव पनि सुझाएका छन् रे ! पत्रमा लेखिएको छ- "कृपया त्यो दिन कालो लुगा लगाउनु होस् र आफूसँग फलाम या फलामसम्बद्ध केही चिज आफ्नो घरको ढोकाअगाडि राख्नुहोस् । जसले त्यस दिन उत्पन्न हुने कालो किरणहरुलाई रोक्ने छ र तपाइँलाई हानी हुन दिने छैन ।"

यस्ता थुप्रै भविष्यवाणीहरु यसभन्दा अघि पनि गरिएका हुन् । तर ती भविष्यवाणीहरु पुगेका छैनन् । बेलाबेलामा कथित् बाबाहरुको नाममा यस्ता घोषणा बजारसम्म हल्ला आइपुग्छन् । तर ती हल्ला र त्यसको विश्वसनीयतामाथि हामीले सचेत हुन ज्यादै जरुरी छ । किनभने विभिन्न बाबाहरुले गरेका यस्ता घोषणाका कारण कतिका घर टुटेको छ, धेरैको विचल्लीसमेत भएको छ ।

सन् २००० लाग्नु केही समयअघि जापानका एक बाबाले संसारमा प्रलय मच्चिन्छ र यी सबै केही रहने छैनन् भनेर घोषणा गरेपछि धेरै व्यक्तिहरुले आफ्नो घर, धनसम्पत्ति गरीवहरुको नाम गरिदिएका थिए । तर प्रलय केही मच्चिएन तर ती करोडपति भोलिपल्टदेखि रोडपति बन्न पुगेका थिए ।

त्यसैले यस्ता आधिकारिकता थाहा नभएका कतिपय भविष्यवाणीहरु प्रति सबै जना सजग रहन ज्यादै जरुरी छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
हल्ला समलिङगी मोबाईल सेलेब्रिटी पेट्रोल awards माओवादी crisis संविधानसभा celebrity अनुभव streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,