Home» Around the World »Weird and Interesting

नाङ्गै, साइकल र्‍यालीमा

कार भनेपछि मरिहत्ते गर्ने नेपालीहरुका लागि एउटा खबर छ, सुनिराख्नु भयो भने काम लाग्न सक्छ । बेलायतमा हरेक वर्ष कार प्रयोगकर्ताहरुको संख्या बढेर हुने ट्राफिक जाम र अन्य किसिमको असुविधालाई गिज्याउँदै शनिबार लण्डन शहरको गल्लीमा एउटा साइकल दौड प्रतियोगिता सम्पन्न गरियो । साइकल चालक चाहिँ नग्न हुनुपर्ने भएकाले यो दौडको सबैले चासो राखेका छन् ।

यो नाङ्गो साइकल दौडमा हजारौँ व्यक्तिले भाग लिएका थिए । भाग लिनेहरुमध्ये धेरैले चाहिँ आफ्नो नग्न भागलाई रङ्ग्याएका थिए, ताकि दर्शकहरुले घृणाका दृष्टिले नहेरुन् या उनीहरु मनोञ्जनको पात्र नहुन् ।

"राइट्स् फर बाइक्स्" अर्थात् साइकलको अधिकार ब्यानर बोकेर सिठ्ठी बजाउँदै साइकलयात्रीहरुले आफ्नो दौड पूरा गरेका थिए । नग्न साइकलयात्रीहरु देखेर सडक वरपरका व्यक्तिहरुले तिनको फोटो खिचे र तिनलाई हौस्याए । यो साइकल दौडमा भाग लिन पेरिस, मेडि्रड, भ्यानकोभरदेखि आएका थिए ।

विगत चार वर्षेखि लगातार यस्तो दौड शुरु हुँदै आएको छ र हरेक वर्षप्रतियोगीहरुले उत्साहपूर्वक यसमा भाग लिन थालेका छन् ।

"यो पेट्रोलमाथि निर्भरताको विरोध हो", बेसबलको टोपी मिलाउँदै बोडगन पोत्रोव्स्की, ३६, ले एपी समाचारलाई बताए । उनले तल केही पनि लगाएका थिएनन् । "खुशीको कुरा चाहिँ के थियो भने यत्रो नग्न जुलुशमा पनि कसैले केही अवरोध जनाएन । हामीले सफलतापूर्वक कार्यक्रम सम्पन्न गर्‍यौ", खुशीले चम्किरहेका दाँत देखाउँदै पोत्रोव्स्कीले बताए ।

त्यसो त यो जुलुसमा २० वर्षीया रेबेका क्रेगजस्ती विद्यार्थी पनि समावेश थिए । जसको साइकलको टायर हालै चोरी भएको थियो र जुलुसमा उनले एउटा ब्यानर बोकेकी थिइन् र ब्यानरले भन्थ्यो- "मलाई मेरो टायर फिर्ता देऊ ।" "यहाँ भेला हुनेहरुको उद्देश्य भिन्दैभिन्दै होला । म चाहिँ मेरो साइकलको टायरचोरलाई त्यो टायर फिर्ता दिन नैतिक दवाव दिने उद्देश्यले आएकी हुँ", उनले थपिन् ।

लण्डन नग्न दौडका आयोजकहरुले यो कार्यक्रममा कम्तीमा एक हजार व्यक्तिले भाग लिएको बताएका छन् । यसअघि ८ सय ८५ व्यक्तिले यसमा भाग लिएका थिए । शनिबार मौसम उदार भएकाले यसमा भाग लिने व्यक्तिहरुको संख्या बढेको आयोजकहरुले बताएका थिए ।

तर यही प्रकृतिको र्‍याली निकाल्ने ४ सय जना साइकलयात्रीहरुलाई पेरिस प्रहरीले झ्यापझुप्प पक्डिएर कपडा लगाउन बाध्य पारेको थियो । यो नग्न प्रदर्शनी हो भन्दै प्रहरीले तीमध्ये पाँच जनालाई पक्राउ पूर्जी जारी गरेको छ ।




















































|



























 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! कीर्तिमान नग्नता हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड प्रविधि विज्ञापन सुन्दरी जनावर सेलेब्रिटी फट्याइँ उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: