Home» Around the World »Weird and Interesting

मुसाले टोक्दा रेष्टुराँलाई जरिवाना



विश्वकै सबैभन्दा ठूलो रेष्टुराँ सञ्चालक म्याकडोनाल्डमा खाजा खान पस्दा मुसाले एक ग्राहकलाई बेस्कन टोकिदिएपछि चीनको उत्तरपूर्वी भेगको उक्त रेष्टुराँले ती विद्यार्थी महिलालाई १ सय ४६ पाउण्ड (२ हजार २ सय युआन) जरिवाना तिर्नु परेको छ ।

रोयर्टस समाचार संस्थाका अनुसार लियानिङ प्रान्तको सेङयाङ शहरस्थित स्थानीय अदालतले उक्त रकम तिर्न रेष्टुराँलाई आदेश दिएको हो । उक्त रकममा थप १३० डलर पनि ती विद्यार्थीलाई तिर्न अदालतले आदेश दिएको छ । उक्त रकम चाहिँ सो घटनाले ती विद्यार्थीलाई पुर्याएको 'मानसिक क्षति'को बिगो भएको अदालतले जनाएको छ । घटना चाहिँ गत वर्ष घटेको चाइना मर्चेन्ट मोर्निङ पोष्ट समाचारपत्रले जनाएको छ ।

ती विद्यार्थीको नाम चाहिँ खुलासा गरिएको छैन । खबरअनुसार, मुसा उनको खुट्टालाई आफ्नो सजिलो बाटो बनाउँदै उनको तिघ्रामा पुगेपछि टोकिदियो । उनी त्यसबेला दिउँसोको खाना खाइरहेकी थिइन् ।

त्यसो त उनले मुसाको यो टोकाईको मोल २० हजार तोकेकी थिइन् । उनले उक्त टोकाईपछि सेतो मुसा र सेतो खरायो देख्ने बित्तिकै तर्सिने, कराउने रोग लागेको समेत दाबी गरेकी छिन् ।

म्याकडोनाल्डले उनका अरु सबै मागहरुलाई रद्द गरेको छ । रेष्टुराँका अनुसार उनले फलो-अप चेकअप र त्यसबापत लाग्ने खर्च र औषधिको बिल उपलब्ध गराउन सकिनन् ।

तर अदालतले चाहिँ मुसाहरु जुनबेला पायो त्यही बेला आइपुग्न सक्ने उक्त ठाउँ सुरक्षित स्थान नभएको र त्यो पूर्ण रुपमा स्वस्थ रेष्टुराँ नभएको भनी ती महिलालाई २२ सय युआन तिर्न आदेश दिएको छ । अदालतले अगाडि भनेको छ- रेष्टुराँले आएका पाहुनालाई पूर्ण रुपमा सुरक्षा दिन सक्नु पर्छ, चाहे त्यो मुसाबाट नै किन नहोस् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! उदेकलाग्दो जनावर हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ सेलेब्रिटी नग्नता
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: