Home» Cinema »Review

दुर्गाको आक्रोश

'नेपाली चलचित्रमा अब चाहिँ नारी जागृति शुरु भएको छ', कोही व्यक्तिले 'दुर्गा' चलचित्र हेरेर बाहिर निस्केपछि भने । तर नारी जागृतिको पहिलो उदाहरण उद्धव पौडेलले उनको तेस्रो चलचित्रमा उद्घोष गरिसकेका थिए, 'तिलहरी' मार्फत् । तिलहरिमा एउटी त्यस्ती नारीले नारीको इज्जतको खातीर बलिदान दिन्छे, कालान्तरमा पछि ऊ उसैको सौता रहेको प्रमाणित हुन्छ । त्यो चलचित्रमा एउटी नारीले अर्की नारीको अस्मिताका लागि गरेको संर्घष पहिलो पटक नेपाली सिने पर्दामा प्रस्तुत गरेको छ । हिम्मत जुटाइदिएको छ, अरु नारीहरुका लागि ।

चलचित्र दुर्गाले पनि एउटा निरीह नारीलाई सशक्त र संर्घष्शील बनाउन अर्की नारीले गरेको सहयोगले दर्शकको मन र मुटुलाई छुन्छ ।

चलचित्रको कथा हाम्रो पौराणिक पात्रलाई आधार बनाइएको छ । हामीले पुज्ने गरेकी देवी दुर्गाले कसरी खराब चरित्रका दैत्यहरुलाई पराजित गरिन् र पृथ्वी र र्स्वर्गलोकका मानिस/देउताहरुलाई मुक्ति दिलाइन् भन्ने कथा हामी सबैले सानैदेखि सुन्दै आएका छौँ । यस कथामा पनि आफ्नै लोग्नेको हत्याको अभियोग लागेकी एउटी यस्ती नाराश्रति नारीको कथा छ । जो दोषी नहुँदा नहुँदै पनि दोषको भागिदार हुनुपर्छ र त्यस्तो दोष आफ्नो टाउकोमा थोपरिएको छ- जुन सम्झँदै एउटी नारीलाई कहाली लाग्छ । आफूले सबैभन्दा बढी मन पराउने र माया गर्ने लोग्नेकै हत्याको अभियोग लागेर वर्षौँको लागि जेल पर्ने नारीले जेलबाट भागेर हत्याको बदला लिन्छे ।

निर्देशक शोभित बस्नेतले यो कथालाई जति मरमसला हालेर मीठो बनाउने प्रयास गरेका छन्, त्यसले नेपाली चलचित्रको खाँट्टि दर्शकहरुलाई मनग्गे मनोरञ्जन दिन्छ । तर जब यसका कतिपय दृश्यहरुलाई ठट्टा गरेजस्तो देखाइन्छ, चलचित्रलाई माया गर्ने बौद्धिक दर्शकको मन कुँडिन्छ । जस्तो यसको पहिलो दृश्य नै नेपालको सर्वोच्च अदालत देखाउँदै मुख्य पात्र दुर्गा अर्थात् रेखा थापालाई कैद सजाय सुनाइन्छ । पछि अर्की पात्र रेजीना उप्रेतीमार्फत थाहा हुन्छ, उनको आरोपको प्रतिरोध गर्न पुनरावेदन गरिएको छ । यदि कुनै निर्णय सर्वोच्च अदालतमा भइसक्यो भने कसरी त्यो निर्णय मा पुनरावेदन हुन सक्छ ? यो त एउटा उदाहरण मात्रै हो, यस्ता अनेकन् कमीकमजोरीले चलचित्र भरिएको छ ।

अँ, तर महिला सशक्तिकरणका बारेमा सिनेमाले निकै हल्लाखल्ला गर्न भ्याएको छ । तर महिला सशक्तिकरण गर्ने एउटै माध्यम बलियो शरीर बनाएर दुस्मनहरुलाई तह लगाउनुमा नै सीमित पारिदिँदा भने त्यो खल्लो लाग्न सक्छ ।

चलचित्र निर्देशक शोभित बस्नेतका चलचित्रको मुख्य खुबी भनेको दृश्यहरुको गतिशीलता हो । उनी दृश्यलाई यति चाँडो दुगुराउँछन् कि अघिल्लो पटक के भएको थियो भनेर दर्शकहरुले सोच्ने अवसर नै पाउँदैनन् । उनका चलचित्रको यही खुबीका कारण दर्शकहरुले मनग्गे मनोरञ्जन पाउने गरेका हुन् । उनका चलचित्रहरुले कथालाई न्याय गर्ने भन्दा पनि दर्शकहरुको अचकल्टिएको स्वादलाई तीखो पारेर प्रस्तुत गर्नु हुन्छ । यस चलचित्रमा त्यही गरिएको छ ।

नामैले प्रष्ट छ- यो नारीप्रधान चलचित्र हो । यो चलचित्रमा चाहिँ नायकहरु बरु गीत गाउनका लागि मात्र कहिलेकाहीँ झुल्किन्छन् र अधिकांश समय रेजीना र रेखाबीच नै घुम्ने गर्दछ । यो मामिलामा नै अगाडि भएकाले शायद चलचित्रले राम्रो दर्शक पाएको हुनसक्छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Review
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: