Home» Around the World »Weird and Interesting

चितुवा पक्डन मोबाइलको प्रयोग



प्रविधिको कमाल हेर्नुहोस्- अब घनघोर जङ्गलमा जहाँ मोबाइलको रिङटोन बज्छ, चितुवाहरुले त्यसको जवाफ फर्काउने छन् !  सुन्दा अचम्म लाग्यो होला । पख्नुस्, यसलाई यसरी पनि बुझ्न सक्नुहुन्छ- मोबाइलको रिङटोनले अब त्यो काम गर्न सक्छ, जुन शिकारी र जालले गर्न सक्तैन ।

एपी समाचार संस्थाका अनुसार पश्चिम भारतका वन अधिकारीहरुले छ वटा चितुवाले गाउँमा ज्यादै दुःख दिएपछि तिनलाई तह लगाउन मोबाइलको घण्टी प्रयोग गर्ने विचार गरे र त्यो विचारले उत्तम परिणाम दिएको छ ।

"गाउँ नजिकै आइपुगेका ६ वटा चितुवाले गाउँका जनावर देखिसहेनन् । गाउँबाट हरेक दिन केही न केही गायब भइरहेका कारण गाउँलेले ज्यादै दुःख पाए । तिनलाई तह लगाउन हामीले मोबाइललाई प्रयोग गर्ने निधो गर्‍यौँ", गुजरातका चिफ कन्जरवेशन रिर्सच अफिसर एच्. एस्. सिंहले बताए ।

यी चितुवालाई लोभ्याउन हामीले जिउँदा जनावरहरुलाई प्रयोग गर्नुको साटो मोबाइलको रिङटोन ठ्याक्कै आवाजबाट सार्‍यौँ । जसको आवाजले लोभी चितुवाहरु विस्तारै पिंजडामा आएर आफैँ थुनिए", सिंहले बताए- "तर यो विधिले चाहिँ राति मात्र काम गर्दोरहेछ ।"

ती छ वटै चितुवालाई यही विधिले पक्रिएर हानी नपुर्‍याई त्यस्तो ठाउँमा पुर्‍याइएको छ, जहाँबाट गाउँको दूरी निकै टाढा छ । ती चितुवा फेरि यही ठाउँमा आइपुग्न महिनौँ लाग्ने अधिकारीहरुले बताएका छन् ।
 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country