Home» Cinema »Feature

अहङ्कारको प्रतिबन्ध खुल्यो


केन्द्रीय चलचित्र जाँच समितिले चलचित्र अहङ्कारका केही दृश्यलाई लिएर जनाएको आपत्ति फिर्ता लिएको चलचित्रका निर्माता सञ्जीव प्रधानले इनशाडटकमलाई जनाएका छन् । समितिले वयस्कका लागि मात्र हेर्न लायक चलचित्र भनी प्रमाणपत्र जारी गरेको निर्माता प्रधानले बताएका छन् ।

विगत लामो समयदेखि निर्माता प्रधान र चलचित्र जाँच समितिबीच चलचित्रका केही दृश्य काट्ने र नकाट्ने विवाद साम्य हुन नसक्दा निर्माण समूहले पत्रकार सम्मेलनको आयोजना गरी दवाव सिर्जना गरेको थियो ।

सञ्चार सचिव, चलचित्र विकास बोर्डका अध्यक्षदेखि विभिन्न चलचित्र सम्बद्ध संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुसमेतलाई निर्माता प्रधानले चलचित्र देखाएर प्रतिबन्ध गर्नु पर्ने कारण खोजेका थिए । चलचित्रकर्मी र स्वयम् चलचित्र जाँच समितिले पनि चलचित्रका केही दृश्यले दर्शकहरुलाई नराम्रो प्रभाव पार्ने बेतुका उत्तर दिइरहेका थिए ।

"चलचित्रमाथिको प्रतिबन्ध हटे पनि हामीले केही महत्वपूर्ण संवादहरुमा कैँची चाहिँ चलाउनै परेको छ", निर्माता सञ्जीव प्रधानले इनशाडटकमलाई बताए- "तर ती सम्वादले चलचित्रको आत्मा मर्दैन भन्ने लागेर हामी पनि सहमत भएका छौँ । समितिले चलचित्रलाई 'ए' सर्टिफिकेट दिएको छ ।"

चलचित्रले ए सर्टिफिकेट पाउनुको अर्थ, यो चलचित्र १८ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउने प्रावधान हो ।

नेपालमा अहिलेसम्म कुन वर्गका लागि कुन चलचित्र देखाउने भन्ने प्रावधान नभइसकेकाले यो प्रमाणपत्रलाई कुनै पनि निर्माताले महत्वको चिज मान्नुपर्ने स्थिति छैन । चलचित्र घरमा १८ वर्षभन्दा मुनिका दर्शकलाई हेर्न नदिने भन्ने कुरा अहिलेसम्म कार्यान्वित नभएकाले यो सर्टिफिकेटको कुनै महत्व पनि छैन । त्यसैले चलचित्र जाँच समितिले 'क्लीन चिट' दिइसकेपछि सिनेमा चलाउन निर्माता प्रधान व्यस्त छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country