Home» Around the World »Weird and Interesting

नासाबाट सीधै घरमा !


सिकागोस्थित बालबालिकाको स्कूलकी विज्ञान शिक्षिका नताली मेलिङ्गरको घरमा हिजोआज रमितेको भीड छ । भीडको कारण छ र भीडको आँखामा आश्चर्य छ । किनभने उनको घरमा जुन 'बेबी टेलिभिजन सेट' छ, त्यो टीभीले मिहिनेतबिना नै नासा अर्थात् अमेरिकाको वैज्ञानिक अनुसन्धान केन्द्रको अन्तरीक्ष मिसनको कामकारवाही मजाले प्रदर्शन गरिरहेको छ ।

यो खबरपछि नतालीको घरमा भीड बढेको हो । हुन पनि उनको सानो सेटले त्यो प्रत्यक्ष प्रसारण पनि गरिरहेको छ र यो कसरी हुन थाल्यो भनेर केहीको मथिङ्गलसमेत खान थालेको छ । फेरि यो गएको आइतबारबाट मात्र देखिन थालेको हो । उनको बेबी टीभी सेटमा दुइ च्यानल मात्र हुने गर्दछ । जसमध्ये एउटा च्यानलमा चाहिँ नासाको गतिविधि समातेको हो । नासामा भइरहेका अन्तरीक्ष सम्वाद र त्यहाँका गतिविधिहरु प्रत्यक्ष बेबी टीभी सेटमा देखिएको हो ।

बेबी मनिटर भएकाहरुलाई यो दृश्य साँच्चिकै आश्चर्यलाग्दो कुरा हो", नतालीले एपी समाचारसँग भनिन्- "यस्तो दृश्य आउला भनेर कसैले पनि चिताएको हुँदैन, मेरो पनि त्यस्तै हाल छ ।"

तर यता नासाकी प्रवक्ता ब्रान्डी डीन चाहिँ यसमा आश्चर्य मान्दिनन् । नासाको आफ्नै वेबसाइटमा अन्तरीक्ष मिसनको प्रत्यक्ष प्रसारण भइरहेको हुन्छ । शायद कहीँबाट सूचना चुहिएर पो यो मनिटरमा देखिएको हो कि ! "यो अन्तरीक्षबाट नै प्रत्यक्ष आएको होइन" प्रवक्ता डीन भन्छिन्- "प्रायः यस्ता दृश्य मान्छेले हेर्न नपाएको हुनाले यो टीभीले ती दृश्य पक्डियो भनेर आश्चर्यका साथ हेरेका होलान् । तर यसमा म चाहिँ त्यस्तो आश्चर्यको कुरा देख्दिनँ । अँ सीधै अन्तरीक्षबाट यी दृश्य टिपेको हो भने चाहिँ मेरा लागि पनि आश्चर्यको कुरा हुन्थ्यो !"

तर नताली, उनको परिवार र छिमेकका लागि नै यो नयाँ कुरा भएकाले उनको स्कूलका साथीहरु समेत केही दिन यता उनको टीभी हेर्न लाम लाग्ने गरेका छन् । नतालीका ३ महिने छोरा ज्याक र दुइ वर्षीया छोरी रचेलका लागि घरको भीड अचम्मलाग्दो बन्न पुगेको थियो कि- त्यो सानो टीभीमा टोलभरिका मान्छेले के घुरिरहेका होलान् !

"मलाई अब अन्तरीक्षको त्यो दृश्यमा अर्को अनौठो के घट्ला भनेर हेरिरहन्थेँ", नतालीले घण्टौँ अन्तरीक्षका ती दृश्य हेरेको सम्झिँदै बताइन् ।

यता उक्त टीभी निर्माता समर इन्फन्टले के कारणले ती दृश्य सीधै टीभीमा आयो भनी अनुसन्धान गर्ने भएको सञ्चार निर्देशक सिन्डी बार्लोले बताइन् । "यस्तो भएको यो पहिलो घटना हो", उनले पनि आश्चर्य मान्दै बताइन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड विज्ञापन प्रविधि कीर्तिमान सुन्दरी जनावर सेलेब्रिटी फट्याइँ नग्नता उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: