Home» Around the World »Weird and Interesting

मोबाइल म्यासेजले बचायो


एकाराति नै आफ्नो कोठामा झ्यालबाट चिहाउँदै छिर्न खोज्ने बदमासबाट कसरी बच्ने हिजोआजका किशोरीलाई सोध्नुस् । तिनले हत्तपत्त मोबाइल उठाउँछन् र एक साथ १० जनालाई म्यासेज पठाएर आफ्नो बचाउ गरिहाल्छन् । नपत्याए मलेसियामा बुधबार घटेको घटनालाई सुन्नुहोस् ।

रोयर्टस समाचार संस्थाका अनुसार मलेसियाको राजधानी नगर क्वालालम्पुरको एउटा घरमा राति कोही बदमास घरभित्र छिर्‍यो । उसले घरधनी आमैको कोठाको चुकुल लगायो । त्यसपछि ऊ घरको पछिल्तिरको भागबाट छोरी शलिमा मोहम्मद नूर, १७, को कोठामा झ्यालबाट छिर्‍यो । यो देख्ने बित्तिकै छोरी नूरले अत्तालिएर हत्तपत्त आमालाई चेतावनी एसएमएस पठाइहालिन् । यतिञ्जेलसम्म त्यो बदमासले उनको घाँटीमा चक्कु तेर्‍स्याउन भ्याइहालेको थियो ।

यता आमाले म्यासेज पाएपछि ढोका खोल्ने प्रयास गरिन्, तर चुकुल लगाएको पाइन् । आमाको स्वर यति चर्को थियो कि तिनले वरपर घरका व्यक्तिलाई समेत ब्यूँझाइदिइन् । चिच्याई सुनेर देवर र अन्य व्यक्तिहरु सहायताका लागि आइपुगे । त्यसपछि त बदमास टाप कस्न बाध्य हुनुपर्‍यो ।

योभन्दा अघि मोबाइलमा म्यासेज मात्र टाइप गर्ने आफ्नी छोरीलाई सधैँ कचकच गरिरहने आमाले त्यसबेला मोबाइलमा म्यासेजको अर्थ थाहा पाइन् ।

"उसले चक्कु मेरो घाँटीमा तेर्‍स्याएर हल्ला गरिस् भने तेरो ज्यानको खैरियत छैन भन्यो । अनि मैले मोबाइलबाट आमालाई म्यासेज पठाएँ । उहाँले चिच्याएर सहयोग माग्नु भएपछि काकाहरु दौडिएर आइपुग्नु भयो र चोर भाग्यो", नूरले अखबारलाई बताइन् ।

मलेसियाको ८० भन्दा बढी प्रतिशत जनसंख्या मोबाइल प्रयोग गर्ने गरेको छ । अनुमानअनुसार २ करोड ६० लाख मोबाइल चल्ने गरेको छ । तीमध्ये अधिकांश टीन एजर केटाकेटीमा टेक्स्ट म्यासेज पठाउन महारत हासिल गरेका छन् । मोबाइलमा बात मार्नुभन्दा टेक्स्ट म्यासेज पठाउनु सस्तो भएकाले स्कूले केटाकेटीबीच यो लोकप्रिय रहेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! प्रविधि फट्याइँ बलिउड श्रीमानश्रीमती मुद्दा मामिला सुन्दरी इन्टरनेट परिस्थिति गुगल मूर्ख्याइँ माया उदारता नग्नता भव्यता सेक्स सेलेब्रिटी उदेकलाग्दो हलिउड जनावर
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read