फिल्म अवार्ड २०६४

नेपाल चलचित्र प्राविधिक संघ तथा च्यानल नेपालको संयुक्त आयोजनामा फिल्म अवार्ड २०६४ आयोजना यहि असार ६ गते हुने भएको छ । सो कुरा आइतबार आयोजित एक पत्रकार भेटघाटमाप बताइएको थियो ।
उक्त अवसरमा चलचित्रका विविध विधामा नामाङ्कित चलचित्रकर्मीहरुलाई नामाङ्कन प्रमाणपत्र दिइएको थियो ।
कार्यक्रम जेठमै आयोजना गर्ने भनिए पनि जेठमा सम्पन्न हुन नसकेपछि धेरैले अवार्ड कार्यक्रम आयोजना नहुने अड्कल काटिरहेका थिए । त्यतिमात्र होइन, कार्यक्रममा चलचित्र प्राविधिक संघका महासचिव मनोज केसीले त 'यी चप्पल पड्काउनेहरुले के गर्लान् र !' भनी खिसी गरेकोमा समेत तीतो पोखे ।
केसीको भनाइलाई उद्धृत गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष शैलेश आचार्यले भने- "धेरैले कार्यक्रम के गर्लान् र भन्ने आशंका गरे पनि मलाई विश्वास थियो, कार्यक्रम हुन्छ । तर यो भव्यताका बीच कार्यक्रम होला भनेर चाहिँ मैले पनि कल्पना गरेको थिइनँ । यिनले प्रमाणित गरेका छन्, लागिपर्यो भने जस्तो अप्ठेरो काम पनि गर्न सकिँदो रहेछ । यिनीहरु सलामको हकदार छन् ।"
यता चलचित्र निर्माता तथा स्टार एफएमका सञ्चालक प्रदीप उदयले बोल्ने ओठहरुभन्दा गर्ने हातहरु महान् हुन् भन्ने उद्धरणलाई सच्याउँदै भने- "कुरा मात्र पड्काउने र काम नगर्ने भन्दा चप्पल पड्काएर काम गर्नेहरु महान् हुन् । यिनले आखिर काम गरेरै छाडे ।" उनले चलचित्रकर्मीको पनि उत्तिकै आलोचना गरे, भने- "हामी चलचित्र चलेनन् मात्र भन्छौँ तर चलचित्र चलाउन के के गर्ने, कसरी गर्ने भन्ने तिर कमै सोच्छौँ । उल्टै मिडियाका व्यक्तिहरुले यसो यसो गर्दा सिनेमा चल्छ भन्दा पनि काम गर्न जाँगर चलाइरहेका छैनन् ।"
कार्यक्रममा चलचित्र समन्वय महासमितिकी अध्यक्ष बसुन्धरा भुसालले पनि आफ्नो मन्तव्य व्यक्त गरेकी थिइन् ।
Download Nomination Video»


अवार्ड घोषणामा भेला भएका गायक दीपक लिम्बु, संगीतकार चेतन सापकोटा, हास्य कलाकार जीतु लगायत अन्य

चलचित्र प्राविधिक संघका अध्यक्ष सन्तु तामाङ, नायिका विपना थापा, मिथिला शर्मा, देविका बन्दना लगायत अन्य

उत्कृष्टको मनोनयन प्रमाणपत्र थाप्दै छायाँकार किशोर ढकाल र प्रमाण पत्र दिँदै बसुन्धरा भुसाल, चलचित्र विकास बोर्डका अध्यक्ष शैलेश आचार्य र सन्तु तामाङ

चाइन्जो के भने श्रीरामका नाममा मेरो फिल्म बसाइँले पनि नामांकन पाएछ !: निर्देशक सुभाष गजुरेल मख्ख पर्दै

साँची मैले केमा नामांकन पाएको हुँ, त्यसको एक अक्षर पनि लेखिएको रैनछ, हेरिस्यो तः गायिका देविका बन्दना र चलचित्र निर्माता विनोद शेरचन आफ्नो नामांकन पत्रमा के विषयमा नामांकित भएको स्पष्ट नभएको छलफल गर्दै

यो मेरै त हो के ! : चलचित्र निर्माता सुरेन्द्र श्रेष्ठ आफ्नो प्रमाणपत्र हेर्दै

नाट्यश्वरीलाई प्रणाम छः प्रमाणपत्र पाएर मख्ख पर्दै नृत्य निर्देशक वसन्त श्रेष्ठ

क्रोधले पनि मुस्कान ल्याउँदो रहेछ ! कस्तो अचम्म !!: क्रोध सफल त भयो नै विभिन्न विधामा नामांकनमा पनि परेपछि मख्ख् पर्दै नायक, निर्माता तथा निर्देशक आकाश अधिकारी । पत्याउनुस् नपत्याउनुस्, उनले आफ्नो चलचित्रमा नृत्य निर्देशकको रुपमा पनि काम गर्दै आएका छन् ।

हिट्समा पनि नामांकित, इमेज अवार्डमा पुरस्क्रित अनि यसमा पनि नामांकित । तर अवार्ड चाहिँ पो पाइने हो कि होइन ! : संगीतकार चेतन सापकोटा मुस्कानका साथ आफ्नो प्रमाणपत्र लिँदै

फिल्म हिट नभए पनि नामांकन चैँ हुँदोरैछ : परेँ नि माया जालैमा र हंगामाका निर्देशक रामशरण घिमिरे नामांकन पत्र लिँदै

यो मुस्कान आमाको काखका लागिः आमाको काखमा नामांकित व्यक्ति नआएपछि यो चलचित्र वितरक रहेका मनोज राठीले प्रमाणपत्र लिए ।

वाह, हट ! : नायिका सिर्जना बस्नेत उक्त कार्यक्रममा सहभागी हुँदै । उनले पनि चलचित्र करणअर्जुनमार्फत् उत्कृष्ट नायिका विधामा मनोनयन प्रमाणपत्र हात पारेकी छिन् ।

लौ भविष्यका चलचित्र निर्मातालाई बधाई छः नायक श्रीकृष्ण श्रेष्ठ पत्र लिँदै

हम बोलेगा तो बोलोगे के बोलता हैः अभिनेत्री मिथिला शर्मा र गायिका देविका बन्दना

सुन्दर मेरो नाम, लेख्छु म त गीत, लामो भयो सिनेमा सँग चलिरैछ प्रितः गीतकार सुन्दर श्रेष्ठ मनोनयनपत्र लिँदै

मैले यति लायकको सिनेमा त बनाएछु कि त्यो मनोज केसीको अवार्डमा नोमिनेशनमा परेछ । अर्को सिनेमा पनि मैले नै निर्देशन गर्न पाउँछु होला नि, होइन प्रोडुसर साब !: शायद यस्तै याचना गर्दै निर्देशक शिव रेग्मी (बीचमा), चलचित्र निर्माता विनोद शेरचन र चलचित्र वितरक मनोज राठी
Download Nomination Video»
शब्द तथा तश्वीरः अच्युत कोइराला
|