Home» Cinema »Feature

निखिलको वेबसाइट

वेबसाइटका बारेमा नेपाली चलचित्रकर्मीहरु कमै चासो राख्छन् । संसारका नवीनतम् खबरहरु हेर्न, सुन्न र पढ्न चाहनेका लागि इन्टरनेट खजाना नै हो । तर यो खजानाका बारेमा चलचित्रकर्मीहरु धेरैजसो चाहिँ अनभिज्ञ नै छन् । यस्तो अवस्थामा चलचित्रकर्मीमध्ये कोहीले वेबसाइट खोल्यो भन्ने कुरा पक्कै पनि समाचार बन्छ ।

निखिल उप्रेतीले  दुइ महिनाअघि आफ्नो आफ्नो ३२ औँ जन्मदिनको अवसर पारेर व्यक्तिगत वेबसाइट खोलेका छन् । निखिलउप्रेतीडटकममा उनका बारेमा जानकारीहरु बटुल्न, फोटाहरु हेर्न, उनको जीवनी पढ्न पाइन्छ । उनले अहिलेसम्म अभिनय गरेका चलचित्रहरु, उनले पाएका अवार्ड र सम्मानहरुका विषयमा पनि अनेक जानकारीहरु लिन सकिन्छ ।

यति धेरै विषयहरु भए पनि उनले खेलेका सिनेमाका बारेमा विस्तृत विवरण, उनले खेलेका चलचित्रको समीक्षा, उनका गतिविधिबारे 'अप टु डेट' खबरहरु त्यहाँ संलग्न गर्न भने सकिएको छैन । चासो राख्नेहरुलाई निकै समय अड्याउन भने वेबसाइट सञ्चालकहरुले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । साइटलाई एनटेक्नोलजीका निश्चल तिवारीले साजसज्जा गरेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
प्रविधि सेलेब्रिटी अभिनेता समारोह रिलिज सेक्स सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,