Home» Around the World »Weird and Interesting

घोडासँग यौन संर्सग !

एउटा अमेरिकी टीन एजर केटोले घोडासँग गरेको यौन सम्पर्कको दृश्य सीसीटीभीमा देखिएपछि ती युवकलाई कारवाहीका लागि प्रहरीले पक्राउ गरेको कोर्भालिस गजेट टाइम्सले जनाएको छ ।

घोडा तबेलाको मालिकले घोडाहरुमाथि हुने विभिन्न प्रकारका हिंसाको अनुगमन गर्न त्यहाँ क्यामेरा जडान गरेका थिए । खिचिएका ती कुरालाई राम्रोसँग अनुगमन गरिँदै आएको थियो । तर एक रात अनुगमनकर्ताले आफ्नै आँखाले पत्याउनै नसक्ने दृश्य देखेपछि चकित परेका थिए ।

गएको महिनामा जब तबेला मालिकले पुराना भिडियोहरु जाँच्दै थिए, तिनले देखे कि एउटा टीन एजर केटाले घोडीलाई यौन दुर्व्यवहार गरिरहेको छ ! त्यसपछि त कार्यकारी अधिकृत क्ले स्टेफन्स चकित परे । त्यो भिडियोमा ती केटा यस्ता काममा निकै पोख्त समेत भएको अनुभव उनले गरे । "त्यो भिडियो फुटेज हेर्दा कस्तो लाग्यो भने ती केटालाई कोही आउला र देख्ला भन्ने कुनै पीर थिएन । कुनै पनि हतार नगरी उनले आफ्नो काम गरिरहेका थिए । निकै चाख पूर्वक र सोची विचारी काम गरिरहेको पाएँ", उनले भने ।

यो चर्तिकला देखेपछि क्लेले एउटा विद्युतीय घण्टी जडान गरे । जब कोही राती घोडा वा घोडीलाई सुम्सुम्याउन जान्छ, सुटुक्क त्यो घण्टी उनको घरमा बज्छ । गएको जुन ७ गते उनको घरमा त्यो घण्टी बज्यो । घडी हेर्छन् त बिहानको २:३० बजेको छ । त्यसपछि उनी हतार हतार भिडियो मनिटर अघिल्तिर बसे । मनिटरमा त्यही केटो त्यही घोडीलाई सुम्सुम्याउँदै थियो । त्यसपछि प्रहरी अधिकृतलाई बोलाएर ती युवालाई जिम्मा लगाइयो ।

ती युवालाई अर्काको घरमा जबरजस्ती घुसेको आरोप लगाइएको छ । त्यति मात्र होइन उनले जनावरमाथि यौन दुराचार गरेको आरोपमा पनि मुद्दा खेप्नु परेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
फट्याइँ सेक्स हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड प्रविधि विज्ञापन कीर्तिमान सुन्दरी जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: