विश्वप्रसिद्ध तेङबोचे गुम्बादेखि नाम्चेबजार हुँदै खुङजुङ, गोर्छेप पहिलो र दोस्रो सगरमाथा आधार शिविर बाट सगरमाथाको चुचुरो सम्म एक जना हिमाल आरोहीले आफ्नो यात्रा अथवा आफ्नो लक्ष्य कसरी पूरा गर्दछ भन्ने विषयलाई चाँडैनै एउटा म्युजिक भिडियो मार्फ हर्ेन पाइने भएको छ । समुद्री सतह भन्दा ४३०० मिटर उचाइदेखि ८८४८ मिटर -सगरमाथाको उचाइ) सम्म छायाँकन भएको सम्भवतः पहिलो म्युजिक भिडियो समन अधिकारीको निर्देशनमा तयार भएको छ । आगामी हप्ता र्सार्वजनिक गरिने "नाम लिंदा पनि गर्व हुने नेपाली म बोलको गीतको सो म्युजिक भिडियोमा हिंउ चितुवा उपनामबाट प्रख्यात सगरमाथा आरोही आङरिता शेर्पाले अभिनय गरेका छन् ।
तीन पटक सगरमाथा आरोहण गरिसकेका आरोही आङ निमा शेर्पाको स्वरमा रेकर्डिङ भएको यो राष्ट्रिय गीतका रचनाकार दुर्गालाल श्रेष्ठ हुन् भने संगीतकार न्ह्यु बच्राचार्य हनु । म्युजिक भिडियोमा मनोरम हिम श्रंखला, लाली गुराँस, कस्तुरी लगायत शेर्पा संस्कृति पनि समेटिएको छ । यो बाहेक शान्तीको सन्देश दिंदै आठ राजनीतिक पार्टीको झण्डा फहराइएको छ । दोस्रो जनआन्दोलनमा शहीद भएकाहरुको म्युजिक भिडियोमा तश्वीर पनि हेर्न पाइने छ । म्युजिक भिडियोका निर्देशक अधिकारीका अनुसार पहिलो आधार शिविरसम्म उनले दृश्यांकन गरे भने त्यसपछि सगरमाथाको चुचुरो सम्मका दृश्यहरु तेन्डी शेर्पा र गायक आङ निमा शेर्पाले छायांकन गरेका थिए ।
यो म्युजिक भिडियोलाई विश्वको सबैभन्दा बढी उचाइमा छायांकन गरिएको म्युजिक भिडियोको रुपमा किर्तिमान राख्न खोजिएको पनि निर्देशक अधिकारीले इनशाडटकमलाई बताए । म्युजिक भिडियो सँगसँगै ४३ दिन लगाएर अधिकारीले आरोही आङरिता शेर्पा सम्वन्धि वृतचित्र पनि निर्माण गरेका छन् ।

निर्देशक समन अधिकारीको साथमा आङरिता शेर्पा
