Home» Around the World »Weird and Interesting

वेश्यागमनकर्ता अब अप्ठेरोमा



इटालीको भेनिस नजिकको शहर सान फिओरका मेयर सिजर डी मार्टिनले वेश्यागमनलाई नाटकीय रुपमा कम गर्न नयाँ आइडिया फुराएका छन् । त्यो आइडिया चाहिँ कस्तो भने- शहरको बीचमा तरुनी उभिएको ठाउँमा कार घ्याच्च रोकेर तिनलाई उठाएर आफ्नो 'राम रमाइलो' स्थानमा लैजानेको फोटो स्थानीय अखबारमा छाप्ने ।

लाज पचाउनेहरुले अखबारमा के सम्म पढ्न पाउनेछन् भने, उनीहरुले कुन स्थानबाट वेश्या उठाए, तिनको कार नम्बर कति थियो, तिनीहरु कुन रोड हुँदै कहाँ गए र कतिखेर ती 'नानी' आफ्नो गन्तव्यमा फर्किइन् !

"यस्तो खबर आफैँले घरमै पढ्न पाउँदा निश्चय नै तिनले वेश्यागमन गर्नुअघि पाँच पटक सोच्नेछन्", यो आइडियाका मालिक मेयर मार्टिनले रोयर्टस समाचार संस्थालाई भने- "यो सोच प्रभावकारी पनि हुनसक्छ ।"

त्यसो त मार्टिनले यसो नगरी पनि भएको थिएन । यो शहरमा पछिल्ला केही वर्षमा नाटकीय ढङ्गमा वेश्याहरुको संख्या ह्वात्तै बढेको छ । भेटिकन शहरले त वेश्यागमन गर्नेहरुका लागि नयाँ कडा कानून समेत बनाइसकेको छ ।

त्यसो त उनी वेश्यागमनको साह्रै विरोधी चाहिँ होइनन् । तर राति अबेरसम्म ग्राहकहरुले बीच सडकमा हल्ला गर्ने हुनाले, कारको टाइँटाइँ र टुइँटुइँ सुनिरहने हुनाले ध्वनि प्रदूषण तथा छिमेकीहरु सुत्नसमेत नसकेको गुनासो पछिल्ला केही समयमा बढी नै आइरहेको थियो । त्यही गुनासोलाई निपटाउन उनले यो विचार फुराएका हुन् ।

"आफ्नो अधिकारका बारेमा सोच्दा हामीले ती व्यक्तिको अधिकारका बारेमा पनि सोच्नु पर्छ, जो राति चाँडै सुतेर बिहान सबेरै काममा हिँड्छन् तर रातको होहल्लाका कारण सुत्न सक्दैनन् र उनीहरुको स्वास्थ्यमा यसले असर गरिरहेको छ", उनले भने ।

इटालीमा वेश्याका ग्राहकहरुलाई दण्ड दिइने विश्वका अन्य कतिपय देश झैँ यहाँ पनि कुनै नियम छैन । इटालीको कानूनले वेश्यावृत्तिलाई पूर्णतः छुट दिएको छ र यदि कानूनले दण्ड दियो भने वेश्या दलाललाई मात्र दिने गरेको छ । इटाली वरपरका पूर्व सोभियत युनियनबाट छुट्टिएका देशबाट यहाँ वेश्यावृत्तिका लागि केटीहरु आउने गरेका छन् भने अफ्रिकी मुलुक नाइजेरियाबाट पनि केटीहरु आउने गरेका छन् । मानव तस्करीका कारण यहाँ वेश्यावृत्ति मौलाएको अधिकारीहरुले बताइरहेका छन् ।

तर मेयर मार्टिनको यो सोचले तब मात्र मूर्तता पाउने छ, जब वकिलहरुले उनको आइडियालाई व्यक्तिको निजत्व अधिकार हनन् हुन्छ कि हुँदैन भन्ने कुराको अन्तिम निश्कर्ष दिनेछन् । यदि वकिलहरुले हरियो झण्डा देखाए भने इटालीका शहरहरुमा राति अबेरसम्म वेश्या खोज्ने पुरुषहरुको धज्जी उड्ने चाहिँ निश्चित छ है !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! सेक्स हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: