Home» Television »Feature

लास्टाँ त्यै आउट

पत्रपत्रिकामा छापियो-दमन रुपाखेतीले 'मेरी बास्सै'बाट सिताराम कट्टेल र केदार घिमिरेलाई गलहत्याउने । तर अहिले उनी नै त्यसबाट 'आउट' भए । अनौपचारिक रुपमा जोडी जितु नेपालसंग अलग जस्तो भएका दमनले नेपाल टेलिभिजनमा हसाउने टेलिचलचित्र 'मेरी बास्सै'को निर्देशन गर्न थालेको धेरै भइसक्यो । शुक्रबार बेलुकी आउने त्यो टेलिचलचित्रले कम समयमै दर्शकको मन जित्न थाल्यो । त्यसमा अभिनय गरेका सिताराम कट्टेल र केदार घिमिरेको 'धुर्मुस' र 'माग्नेबुढा'को भुमिकाले घर-घरमा चर्चा कमायो । धुर्मुसले बोल्ने गरेको सम्बाद-'खै के, खै के -' र 'मर्छुकी क्या हो ।' पनि स्कुले नानीहरुको मुखमा बस्यो । ती दुइ कलाकार निकै चर्चित भएका छन् । उनीहरु बाहेक टेलिचलचित्रका कलाकार सुरेन्द्र केसी, पल्पसा डंगोल र निर्देशक दमनले पनि यसअघि नपाएको चर्चा कमाए । दमनको थेगो 'लास्टाँ त्यै' पनि चल्यो । तर केही समय यता टेलिचलचित्रका सहायक निर्देशक समेत रहेका सिताराम र केदारसंग दमनको वैमन्यसता बढेको हल्ला शुटिङ् युनिट भित्रैबाट बाहिर आयो । उनीहरुबीच अस्तित्वको लडाइ“ चर्कियो ।

गएको शुक्रबारको एपिसोडदेखि दमनले सधैंका लागि 'मेरी बास्सै' परित्याग गरेका छन् । मेरी बास्सै'को निर्देशन अहिले केसी जोडी भएर पनि नाम कमाएका सिताराम र केदारले गरिरहेका छन् । घरज्वाइ“को भुमिका गरिरहेका दमनको चरित्र पनि शुक्रबारदेखि हराएको छ । उनको चरित्र कतै वेपत्ता भएको गएको अंकमा भनियो । दमन भने अहिले अर्कै एउटा हास्य टेलिचलचित्रको 'डमी'को निर्माणमा व्यस्त भएको थाहा भएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
हल्ला सेलेब्रिटी अभिनेता रिलिज समारोह सेक्स प्रविधि सुटिङ अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country