Home» Around the World »Weird and Interesting

नाङ्गै हिँड्दा उल्टै पुरस्कृत

शहरबीचमा आफ्नो छाति हृवाङ्ग खोलेर अरुलाई देखाउने एउटी महिलालाई न्यूयोर्क शहरले पक्राउ गरेपछि शहरका विरुद्धमा ती महिलाले हालेको मुद्दामा उनले २९ हजार डलर जितेकी छिन् ।

जील कोकारो, २७, लाई दुइ वर्षअघि बीच शहरमा छाति देखाएर हिँडेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । तर सन् १९९२ मा नै केटाहरुले सर्ट फुकालेर हिँड्न पाएजस्तै केटीहरुले पनि सोही अधिकार उत्तिकै प्रयोग गर्न सक्ने भनी अदालती निर्णय भएको थियो ।

कोकारोका वकिल जफ्रे रोथम्यानले डेली न्यूजलाई बताए- "मेरी मुवक्किलले त्यस्तो कुनै अपराध गरेकी छैनन्, जसका कारण उनले थुनिनु परोस् । शहरले लागू गरेको कानूनमाथि उनले कुनै पनि किसिमको उल्लङ्घन नगरेको पाइएको छ ।"

"मलाई लाग्छ, यसबाट प्रहरीले एउटा पाठ सिकेको छ कि महिलाहरुले खुला छाति हिँड्न पाउने अधिकारको प्रयोग गर्न पाउँछन् र त्यसमा उनीहरुले टुलुटुलु हेर्नबाहेक अरु केही गर्न सक्तैनन्", रोथम्यानले भने ।

कोकारोले पछि न्यूयोर्क पोष्टसँग उनीमाथि उति असल र भद्र व्यवहार नभएको गुनासो गरिन् । उनलाई सन् २००५ को अगष्ट ४ मा म्यानहट्टनको लोअर इस्ट साइडबाट प्रक्राउ गरिएको थियो । त्यसलगत्तै अक्टोबरमा उनले प्रहरी अधिकारीले घोक्र्याएर प्रहरी भ्यानमा कोचेको आरोप लगाउँदै मुद्दा हालेकी थिइन् । मुद्दापछि उनलाई पुनः अस्पतालमा उनको मानसिक क्षतिको जाँच गर्न अस्पताल पुर्‍याइएको थियो ।

सन् २००४ मा शहरमा आयोजित म्याराथनमा खुला छातिमै दौडिदा प्रहरीले कुनै दुःख नदिएकाले अब आइन्दा खुला छाति देखाएरै हिँड्ने सोचेर घरबाहिर निस्किएकी थिइन् तर पक्राउ परिन् ।

"त्यसरी माथिको भाग खुल्लै राखेर हिँड्नु एउटा प्राकृतिक कुरा हो भनेर मलाई सधैँ लागिरहन्थ्यो", तिनले भनिन्- "तर त्यो कुराको प्रयोग गर्न कहिल्यै पाएकी थिइन् । जुन दिन प्रयोग गरेँ, पक्राउमा परेँ ।"

कोकारो, जसले आफ्नो नाम हालै मात्र फोनिक्स फ्रिली न्वारान गरेकी छिन्, तिनलाई १२ घण्टा हिरासतमा राखिएको थियो । तर १२ घण्टापछि उनलाई कुनै पनि किसिमको मुद्दा नलाग्ने भनी निर्णय गरिएको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
नग्नता मुद्दा मामिला हलिउड मूर्ख्याइँ उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड प्रविधि विज्ञापन कीर्तिमान सुन्दरी जनावर सेलेब्रिटी फट्याइँ उदेकलाग्दो श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: