Home» Music »Feature

नेपाली तारादेखि दिल्लीसम्म


नाम: भविन ढुङ्गाना
जन्मः
खाँदबारी, संखुवासभा
सालः
२०४२/२/२४
शिक्षाः
एसएलसी खाँदबारी हिमालय माध्यमिक विद्यालय
ललितकला क्याम्पस, प्रवीणता प्रमाणपत्र तह
दिल्ली विश्वविद्यालय, स्नातक अध्ययनरत


बालककालमा सङ्गीत

बच्चैदेखि गाउँथे । विभिन्न प्रतिस्पर्धामा मैले आठ कक्षादेखि नै भाग लिन थालेको थिएँ । प्रायः म केही न केही जितिरहेकै हुन्थेँ । एसएलसी सकिएपछि राम्रो नम्बरमा पास भएका कारण घरबाट विज्ञान पढ्ने नै सुझाव थियो । तर आईएस्सीमा भर्ना भएपछि थाहा भयो, यो कति गाह्रो रहेछ ! पछि मैले थाहा पाएँ, मलाई त म्युजिकमा बढी रुचि रहेछ । र, विज्ञान अप्ठेरो लागेपछि विज्ञान पढ्न छाडिदिएँ । त्यसपछि म ललितकला भर्ना भएँ, सङ्गीत पढ्न ।

कलेज र सङ्गीत वातावरण

उति राम्रो सांगीतिक वातावरण नभए पनि साँझमा भेला भएर गीतार बजाउने चलन चाहिँ थियो, साथीभाइमाझ । मैले गाउँदा सबैले राम्रै स्वर छ भनेर साथीहरुले प्रतिक्रिया दिन्थे । रेकर्डिङ्ग गर्नुपर्छ भन्ने प्रेरित गर्थे । तर मेरो जीवनमा साङ्गीतिक मोडको सबैभन्दा महत्वपूर्ण पाटो बनेर कान्तिपुर टेलिभिजनको सत्यस्वरुप शो आइपुग्यो । २०६१ सालमा यो शोमा भाग लिने अवसर पाएँ । यसले बाटो खोल्यो । सत्यस्वरुपसँग चिनजान भयो । यहाँ भाग लिएपछि यसले मेरो प्रतिभालाई चिनाउने अवसर दियो । यसको केही समयपछि नै नेपाली ताराको विज्ञापन भयो र त्यसमा भाग लिएँ ।

नेपाली तारा


यसले मेरो जीवनमा परिवर्तन ल्याइदियो । सबैमाझ चिनायो, माया दियो । म्युजिकल सर्कलमाझ ठूलो परिधि र वृत्तको चिनजान गरायो नेपाली ताराले । सङ्गीतमै केही गर्न सकिन्छ भन्ने मेरो विश्वासलाई यसले झनै मलजल गर्‍यो । अरु त अरु दिल्ली विश्वविद्यालयमा पढ्नसमेत यो प्रतियोगिताको ठूलो भूमिका रहृयो ।

त्यसो त ललितकलाका सिनियर कलाकारहरु भारतीय दूतावासबाट स्कलरशीप पाउने कुरा थाहा मैले पहिले नै पाएको थिएँ । पढाईसँगै म दिल्लीमा पढ्न अप्लाई गर्छु भुनेर सोचिरहेकै थिएँ । तर यसबीच नेपाली तारा सम्पन्न भयो र मेरो गायनलाई सबै नेपाली दाजुभाइले रुचाइदिनु भएर उत्कृष्ट पाँचभित्र पर्न सफल भएँ । यो सफलताको डकुमेन्ट पेश गरेपछि भारतीय दूतावासले मेरो निवेदनलाई स्वीकार गर्‍यो ।


दिल्ली अनुभव


दिल्लीको अनुभव राम्रो रहृयो, मिहिनेत ज्यादा गर्नुपर्ने वातावरण छ त्यहाँ । मूल भिन्नता त्यहाँ र यहाँको के पाएँ भने यहाँ साङ्गीतिक घराना नै छैन । तर त्यहाँ शास्त्रीय संगीतमा थुप्रै घराना छन् र हामीले दिल्ली घरानाको वृहद् अध्ययन गर्नुपर्छ । अध्ययनका लागि त्यहाँको वातावरण अझै राम्रो देखेँ मैले । 

दिल्ली शहरकै कुरा गर्ने हो भने दिल्ली गएको एक वर्षमा त्यहाँ धेरै गर्मीको अनुभव गरेँ । त्यसो त जाडो पनि कम हुँदैन । काठमाडौँमा त्यस्तो गर्मी हुँदैन, न त जाडो नै । शहरको कुरा गर्ने हो भने जनसंख्या, भौतिक संरचनाहरु पनि अत्याधुनिक छन् । त्यहाँका मान्छेहरु ज्यादै व्यस्त छन् । सबै कुरा व्यवसायिक छन् ।


थ्योरी र प्राक्टिस

त्यहाँ हामीले थ्योरी र प्राक्टिस दुवैमा उत्तिकै मिहिनेत गर्नुपर्छ । गायकका लागि रियाज निकै महत्वपूर्ण छ । तर रियाज सही रुपमा गर्नुपर्छ । अन्य थ्योरीका कुरा पनि उत्तिकै महत्वपूर्ण छ । दिन्दिनै नयाँ नयाँ आविष्कार भएका छन्, समस्याका कुरा छन्, समाधानका कुरा छन् । यी सबै कुरा थाहा पाउनु जरुरी छ ।

छोटो छुट्टि


म दुइ महिने छुट्टिमा नेपाल आएको थिएँ । तर यहाँ आउने बित्तिकै सिनेमामा गाउने अवसर पाएँ । सैनिक सिनेमाका लागि सत्य-स्वरुपले मौका दिनु भएको छ । यसको दुइ गीत गाएँ । दुइ वटै गीत समूह गायन छन् । एउटा सैनिक... टाइटल । अर्को बाइरोडको बाटो... । फिल्ममा गाउँदा अन्यभन्दा फरक अनुभव रहृयो । र, सबैभन्दा महत्वपूर्ण कुरा सिनेमाको कथाको वातावरणमा ध्यान दिनुपर्ने । धेरै फ्रि भएर गाउन पाइँदैन । भावलाई बुझेर गाउनु पर्दोरहेछ । जे होस्, अनुभव रमाइलो रहृयो ।

एल्बम निकाल्ने कुरा


धेरै साथीहरुले त्यहाँ सिकेका कुरालाई समेटेर एल्बम निकाल भनेर सुझाव दिइरहेका छन् । तर खासमा भन्ने हो भने त्यहाँ गएर मेरो सोच अझै वृहद् भएको छ । सिक्नु र सोच्नुपर्ने कुरा धेरै छ भन्ने लागिरहेको छ । यस्तो अवस्थामा अझै थप केही कुरा जानिसकेपछि मात्र एल्बम निकाल्छु भन्ने सोचमा छु । तर पनि श्रोतासँग मेरो ग्याप धेरै लामो नरहोस् भनेर अर्को वर्ष आउँदा एउटा एल्बमका लागि चाहिने खुराक लिएर आउनेछु भन्ने सोचेको छु । हेरौँ, कहाँसम्म सफल हुन्छु ।

अन्त्यमा,


संगीत नै हो मेरो जीवन । यसबाहेक अरु कुनै चाह छैन । अब मेरो जीवन यसैमा बित्नेछ । दिल्लीले सिकाएको सबैभन्दा महत्वपूर्ण पाठ के भने- नेपालको साउण्ड क्वालिटी कम रहेछ । मिहिनेत को अझै कमी पो छ कि जस्तो लागिरहेको छ । कोसिस चाहिँ भइरहेको छ । तर उत्कृष्ट उत्पादन चाहिँ हुन बाँकी नै छ, चाहे त्यो रेकर्डिङको कुरामा होस्, चाहे अन्य विविध आयामका पक्षमा ।

नेपाली ताराका प्रतिष्पर्धीहरुसँग रेडिशन होटलमा ऍक साँझ । भविन सबैभन्दा दायाँ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
गायक उपलब्धि विचार कीर्तिमान गीतकार बजारमा क्या बात ! हल्ला लुकेका कुरा समुद्रपार सङ्गीतकार रिलिज परिस्थिति ट्रयाक बाहिर नेपाली तारा गायिका अवार्ड कन्सर्ट प्रेम र विवाह तातोपीरो
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: