(नेस्वससे)
इस्लामाबाल, साउन १३/पाकिस्तानमा १ सय ५२ जनाको ज्यान जानेगरी विमान दुर्घटना भएको भोलिपल्ट बिहीबार पाकिस्तान सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । सथै, सरकारले दुर्घटनाको सम्भावित कारणबारे अनुशन्धान गरिने जनाएको छ । यद्यपी, अधिकारीहरूले भने नियोजित दुर्घटनाको कुनै सङ्केत नदेखिएको बताएका छन् ।प्रधानमन्त्री युसुफरजा गिलानीले मन्त्रीपरिषद्को बैठकमार्फ बुधबार यस्तो घोषणा गरेका हुन् । उनले दर्ुघटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पणगर्दै मृतकका आफन्तहरूप्रति समवेदना प्रकट गर्नुभएको छ । साथै, उनले बुधबारको विमान दर्ुघटनालाई एउटा दुखद् दर्ुघटना भएको बताएका छन् ।
विमानभित्र यात्रारत १ सय ५२ जना यात्रुमध्ये दर्ुघटनामा सबैको मृत्यु भएको थियो । जसमध्ये, १ सय ४६ यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए । कराँचीबाट पाकिस्तानको राजधानी इस्लामाबाद आउँदैगरेको विमान राजधानीनजिकै मर्गाल्ला पहाडमा दर्ुघटनाग्रस्त भएको हो । खराब मौसमका सर्म्पर्क विच्छेदभइ विमान दर्ुघटना भएको बताइएको छ ।केहि महिनाअघिमात्रै पाकिस्तानको छिमेकी राष्ट्र भारतमा पनि दर्जनौँ मानिसको ज्यान जानेगरी विमान दर्ुघटना भएको थियो । |